हिमाली पदमार्गको कुन कुन स्थानमा बन्दैछन् आधुनिक शहर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 18, 2021 | 12:23:44 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च हिमाली क्षेत्रका पदमार्गको रुटमा पर्ने ग्रामिण बस्तीहरुलाई आधुनिक सुविधायुक्त शहरका रुपमा विकास गरिने भएको छ । पदयात्राका लागि विदेशी तथा स्वदेशी पर्यटकहरुको प्रमुख गन्तव्यका रुपमा लिईने ५ ठाउँलाई आधुनिक शहरका रुपमा विकास गर्न लागिएको हो ।

पहिलो चरणमासोलुखुम्बुको लुक्ला, रसुवाको स्याप्रुबेसी, मुस्ताङको जोमसोम, हुम्लाको सिमीकोट र बाजुराको मार्तडीलाई आधुनिक शहरमा विकास गर्न लागिएको शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ । कार्यालयले हाल हिमाली पदमार्गमा पर्ने ठाउँलाई आधुनिक सुविधायुक्त शहरका रुपमा विकास गर्नेबारे विस्तृत अध्ययनको काम भईरहेको जनाएको छ । 

हिमाली पदमार्गमा किन आधुनिक शहर ?

हिमाली भेगको पदमार्गमा स्वच्छ हावा र ग्रामिण परिवेशको अध्ययनका लागि पुग्ने गर्दछन् । मुख्य गरी स्वस्थ हुनकै लागि मानिसहरु पदयात्रामा निस्कने भएकाले त्यस्ता गन्तव्यलाई शहरको रुपमा विकास गरिनु गलत हुने कतिपयको बुझाई छ ।

तर सरकारले भने ठूला शहरमा मानिसहरुको जनघनत्व बढ्दै गएको भन्दै साना तर आधुनिक शहर निर्माण गर्न सके राजधानीसहित मुख्य शहरमा हुने मानिसहरुको चाप कम हुने अनुमान गरेको छ । सोही अनुसार हिमाली क्षेत्रबाट शहर र तराई भेगमा मानिसहरुको बसाइसाइ नियन्त्रण गर्न यो अवधारणा ल्याईएको शहरी विकास मन्त्रालय बताउँछ ।

वस्ती विकासका रणनीतिक योजना तयार पार्न, भू–उपयोग तथा विकास रणनीति बनाउन र हिमाली क्षेत्रलाई सिँधै बजारसँग जोडेर कृषि, पर्यटक, शिक्षा आदिको विकास गरी ती क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन यो नीति अपनाईएको नयाँ शहर आयोजना समन्वय कार्यालयकी प्रवक्ता एवं आर्किटेक्चर इञ्जिनियर रमिता तचामो बताउँछिन् ।

मुख्य गरी विश्वमाझ चर्चित पदमार्गहरुको अझ प्रचार गर्न, हिमाली भेगमा पाईने जडिबुटीको व्यवसायिककरण गर्न यो अवधारणा कोशेढुंगा सावित हुने सरकारी दाबी छ । सोही अनुसार कार्यालयले चालु आर्थिक वर्ष २०७७÷०७८ भित्रै ५ ठाउँमा बन्ने शहरको गुरुयोजनासहित भवन निर्माण मापदण्ड, ५ वटै शहरको विस्तृक इञ्जिनियरिङ प्रतिवेदन र लागत अनुमान सक्ने लक्ष्य लिएको छ ।

आधुनिक सुविधा गाउँमै

हिमाली क्षेत्रमा आधुनिक शहर निर्माण गर्न हुने वा नहुने भन्ने बहस चलिरहेका बेला सरकार भने बिना छलफल आफ्नो योजनामा जुटेको छ । ग्रामिण भेगमा नै आर्थिक चलायमान बनाउन र हरेक सुविधा सोही शहरमा उपलब्ध हुने गरी योजना बनिरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

पदमार्गका रुटमा पर्ने गाउँहरुमा नयाँ शहर निर्माण गरेर स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने र हिमाली क्षेत्रबाट सुगम क्षेत्रमा सर्ने मानिसहरुको मनोविज्ञान परिवर्तन गर्दै गाउँमै बस्न प्रेरित गर्ने लक्ष्य लिईएको नयाँ शहर आयोजना समन्वय कार्यालयले बताउँदै आएको छ । 

यी हिमाली बस्तीमा आधुनिक शहर बन्दै

नयाँ शहर आयोजना समन्वय कार्यालयको रेकर्ड अनुसार पहिलो चरणमा विभिन्न १५ वटा बस्तीहरुको अध्ययन गरिएको थियो । सोलुको लुक्ला, ताप्लेजुङको ओलाङ्चुङ्गोला, ताप्लेजुङकै घुन्सा, शंखुवासभाको किमाथांका, कास्कीको नाङ–नुङ, रसुवाको स्याप्रुबेसी, मुस्ताङको कागबेनी, मुस्ताङको जोमसोम, मनाङ, चामे, मुगुको गमगढी, डोल्पाको दुनै, हुम्लाको सिमीकोट, बाजुराको कोल्टी र बाजुराको मार्तडीको अध्ययन गरेको थियो । 

यी मध्ये पहिलो चरणमा ५ शहरको काम अगाडि बढिसकेको छ । दोस्रो चरणमा बाजुराको कोल्टी, डोल्पाको दुनै, ताप्लेजुङको फुङलिङ, मनाङको चामे र संखुवासभाको किमाथांमा आधुनिक शहर बनाउने काम सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved