बैशाख ११ गते धरहराको औपचारिक उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 01:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पले ढलेपछि नव निर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते उद्घाटन गर्ने भएका छन् । नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुशिल ज्ञवालीका अनुसार पहिलो चरणमा धरहराको टावर उद्घाटन गर्न लागिएको हो ।

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार अहिले रंगरोगन र बत्ती जोड्ने काम भइरहेको छ धरहराको टावरको टुप्पोमा केही दिनभित्रै गजुर राखिने छ । भूकम्प गएको दिन बैशाख १२ गते शोकको दिन रहेकाले त्यो भन्दा एक दिन अगाडी बैशाख ११ गते उद्घाटन गर्न लागिएको उनको भनाई छ ।

अण्डरग्राउण्ड पार्किङ, बगैँचा र संग्रहालयको काम भने बाँकी छ । कुल ४२ रोपनी क्षेत्रफलमा फैलने धरहरा परिसरमा २९ रोपनीको त पार्क मात्रै बन्नेछ । ३ अर्ब ८ करोडमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको यो आयोजनामा म्युजियम, थिएटर, वाटर फाउन्टेन, बगैंचा, रेष्टुराँलगायतका सुविधा हुनेछन् ।

यो पनिः
धराहरा निर्माणमा किन विशेष चासो राख्छन् प्रधानमन्त्री ओली ?

बाहिरबाट र्हो ११ तलाको देखिने धरहरा २२ तलाको छ । १९९० सालअघि धरहरा ११ तलाको थियो । त्यस वर्षको भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित थियो । 

अहिले बनेको सुविधायुक्त धरहरा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट छन् । 

भूकम्प अघि धरहरा कुल ७ रोपनी क्षेत्रफलमा फैलिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved