नेपाली बजारमा होण्डाका ५ स्कुटर , यस्ता छन् मुल्य र विशेषता

दिलिप खड्का

दिलिप खड्का

May 26, 2019 | 03:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आजको समयमा दुइ पाङग्रे सवारि साधन आम सर्वसाधारणका लागि अनिवार्य आवश्यक्ताको साधन बनिसकेको छ । एक समयमा बिलासिताको साधनको रुपमा परिभाषित गरिएको यी साधनहरु अहिले ब्यक्तिको दैनिक यात्रा सहज बनाउर्ने महत्वपुर्ण संयन्त्र बनेको छ ।

बजारमा बिभिन्न कम्पनीका थुप्रै मोडलहरुको बाइक तथा स्कुटर नेपालीको रोजाई बन्न पुगेको छ। बजारमा नाम चलेका कम्पनीहरु मध्ये सबैको जनजिब्रोमा झुण्डीएको ब्राण्ड हो होण्डा। 

होण्डा बिश्वकै ठुलो दुइ पाङग्रे सवारि साधन उत्पादक कम्पनि हो । होन्डाले नेपालमा सन् १९६८ बाट आफ्नो उत्पादन बिक्रि गर्न थालेको हो । नेपालमा होण्डाको बिक्रि वितरण ज्योति ग्रुपले गर्न सुरु गरेको हो । सुरुमा ज्योति ग्रुपले ११ वटा बाइक भित्रयाएर बिक्रि सुरु गरेको थियो ।  ११ वटा बाईकबाट बिक्रि प्रारम्भ गरेको ज्योति ग्रुप आज देशकै ठुलो होण्डाको दुइ पाङग्रे बिक्रेता बन्न सफल भएको छ । 

ज्योति ग्रुपको आफ्नै फाइनान्स कम्पनि स्याकार ट्रेडिङ कम्पनिले बाइक वा स्कुटर वा ज्योति ग्रुपको अन्य प्रडक्टहरुमा फाइनान्स सुबिधा प्रदान गर्दछ । स्याकार ट्रेडिङ कम्पनि सन् १९७६ मा स्थापना भएको होन्डाको आधिकारिक बिक्रेता हो । यसले होण्डाको मोटरसाइकल, स्कुटर, होण्डाको कार र होण्डाको अन्य पावर प्रडक्टहरुको बिक्रि गर्छ ।

११ वटा मोटरसाइकल भित्रयाएर बिक्रि सुरु भएको होण्डा आज स्याकार ट्रेडिङ मार्फत बार्षिक ६० हजार मोटरसाइकल तथा स्कुटरको कारोबार गर्न थालेको कम्पनिले जनाएको छ ।  

स्याकार ट्रेडिङले सन् २००२ बाट चारपाङग्रे गाडिहरुको  पनि बिक्रि सुरु गरेको छ । धोबिघाटमा सन् २००२ मा होण्डाको सोरुम उद्घाटन गरेर होण्डाल कारको बिक्रि प्रारम्भ गरेको हो। स्याकार ट्रेडिङले ट्राफिक सुरक्षा सावधानि अपनाउन २०१० देखि स्याकार सेफ्टि राइडिङ ट्रेनिङ सेन्टर ग्वार्कोमा सुरु गरेको छ । 

हाल बजारमा होण्डाको ५ प्रकारका स्कुटर उपलब्ध छन् । 

नाभि स्कुटर

यसमा १०९.१९ सिसिको इन्जिनले ५.८४ किवा पावर तथा ८.९६ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ३.८ लि क्षमताको फ्युल ट्याङक, १०१ केजि तौल, १२८६ एमएम व्हिलवेश, ट्युवलेश टायर, ड्रम ब्रेक, टेलिस्कोपिक र स्प्रिङग लोडिङ सस्पेन्सन, सेल्फ स्टार्ट लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा १ लाख ५४ हजार ९ सय रुपैँया रहेको छ । 

डियो स्कुटर

यसमा १०९.२० सिसिको इन्जिनले ५.८९ किवा पावर तथा ८.७७ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ५.३ लि क्षमताको फ्युल ट्याङक, १०५ केजि तौल, १२३८ एमएम व्हिलवेश, ट्युवलेश टायर, ड्रम ब्रेक, अटोमेटिक हेडलाइट, मोवाइल चार्जिङ सकेट, सेल्फ स्टार्ट लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा १ लाख ९७ हजार ९ सय रुपैँया रहेको छ । 

एभिएटर स्कुटर

यसमा १०९.१९ सिसिको इन्जिनले ५.८९ किवा पावर तथा ८.७७ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ६ लि क्षमताको फ्युल ट्याङक, १०९ केजि तौल, १२५६ एमएम व्हिलवेश, ट्युवलेश टायर, ड्रम ब्रेक, टेलिस्कोपिक सस्पेन्सन, अटोमेटिक हेडलाइट, मोवाइल चार्जिङ सकेट, सेल्फ स्टार्ट लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख ४ हजार ९ सय रुपैँया रहेको छ । 

एक्टिभा डिआरएस स्कुटर

यसमा १२४.९ सिसिको इन्जिनले ८.६ विएचपि पावर तथा १०.१२ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ५.३ लि क्षमताको फ्युल ट्याङक, ११० केजि तौल, १२६० एमएम व्हिलवेश, ट्युवलेश टायर, ड्रम ब्रेक, टेलिस्कोपिक सस्पेन्सन, अटोमेटिक हेडलाइट, मोवाइल चार्जिङ सकेट, डिजिटल एनालग मिटर लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख ११ हजार ९ सय रुपैँया रहेको छ । 

एक्टिभा डिएस एस स्कुटर

यसमा १२४.९ सिसिको इन्जिनले ८.६ विएचपि पावर तथा १०.१२ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ५.३ लि क्षमताको फ्युल ट्याङक, ११० केजि तौल, १२६० एमएम व्हिलवेश, ट्युवलेश टायर, डिस्क ब्रेक, टेलिस्कोपिक सस्पेन्सन, अटोमेटिक हेडलाइट, मोवाइल चार्जिङ सकेट, डिजिटल एनालग मिटर लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख २४ हजार ९ सय रुपैँया रहेको छ । 

ग्रेजिया डिएलएक्स स्कुटर

यसमा १२४.९ सिसिको फ्यान कुल्ड ४ स्ट्रोक इन्जिनले ८.५२ विएचपि पावर तथा १०.५४ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ५.३ लि क्षमताको फ्युल ट्याङक, १०७ केजि तौल, १२६० एमएम व्हिलवेश, ट्युवलेश टायर, डिस्क ब्रेक, टेलिस्कोपिक सस्पेन्सन, अटोमेटिक हेडलाइट, मोवाइल चार्जिङ सकेट, डिजिटल एनालग मिटर लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख २६ हजार ९ सय रुपैँया रहेको छ । 

ग्रेजिया एसटिडि स्कुटर

यसमा १२४.९ सिसिको इन्जिनले ८.५२ विएचपि पावर तथा १०.५४ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा स्कुटरमा ५.३ लि क्षमताको फ्युल ट्याङक, १०७ केजि तौल, १२६० एमएम व्हिलवेश, ट्युवलेश टायर, ड्रम ब्रेक, टेलिस्कोपिक सस्पेन्सन, अटोमेटिक हेडलाइट, मोवाइल चार्जिङ सकेट, डिजिटल एनालग मिटर लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा २ लाख १० हजार ९ सय रुपैँया रहेको छ । 

फाइनान्स सुबिधा

होण्डाले आफ्नो मोटरसाइकल र स्कुटरको ग्राहकको लागि २ प्रकारको फाइनान्स सुबिधाको ब्यबस्था गरेको छ । १ बर्ष र २ बर्षको फाइनान्सको सुबिधा होण्डाले प्रदान गरिरहेको छ । ज्योति ग्रुपको आफ्नै फाइनान्स कम्पनि स्याकार ट्रेडिङ कम्पनिले होण्डाको दुइपाङग्रे सवारि किन्ने ग्राहकहरुलाइ  फाइनान्स सुविधा प्रदान गरिराखेको छ । 

१ बर्ष फाइनान्स सुविधा लिने ग्राहकहरुले ६० प्रतिशत डाउनपेमेन्ट गर्दा १३।५ प्रतिशत ब्याज, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा १४।५ प्रतिशत ब्याज, ४० प्रतिशत डाउनपेमेन्ट गर्दा १५।५ प्रतिशत ब्याज तिनुृपर्ने हुन्छ । 

२ बर्ष फाइनान्स सुविधा लिने ग्राहकहरुले ६० प्रतिशत डाउनपेमेन्ट गर्दा १४ प्रतिशत ब्याज, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा १५ प्रतिशत ब्याज, ४० प्रतिशत डाउनपेमेन्ट गर्दा १६ प्रतिशत ब्याज तिनुृपर्ने हुन्छ ।

१२५ सिसि सम्मको मोटरसाइकलमा न्युनतम डाउनपेमेन्ट ४० प्रतिशत सम्म गर्दा हुन्छ तर १२५ सिसि भन्दा माथिको मोटरसाइकलमा न्युनतम ५० प्रतिशत डाउनपेमेन्ट फाइनान्स सुविधा लिने ग्राहकहरुले तिर्नुपर्ने स्याकार ट्रेडिङ लिले जनाएको छ । 

अफरहरु 

होण्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकहरुले स्क्रयाच कार्ड प्राप्त गर्छन् जसबाट ग्राहहरुले ४ हजारदेखि रु ५ लाखसम्मको स्योर सट छुट, ५ बर्ष सम्मको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट, ५ बर्षसम्मको निशुल्क सर्भ्सििङ लगाएतको सेवा प्राप्त गर्न सक्नेछन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved