‘मेड इन नेपाल’ पी–वान इलेक्ट्रीक बाइकको टेष्ट ड्राइभ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 09:12:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा निर्मित इलेक्ट्रीक मोटरसाइकलको ‘टेष्ट ड्राइभ’ सुरु भएको छ । नेपाली युवा इन्जिनियर असिम पाण्डेको नेतृत्वको समूहले बनाएको मोटरसाइकलको होटल हायातमा टेष्ट ड्राइभ चलिरहेको छ ।

कम्पनीले टेष्ट ड्राइभमार्फत आफ्नो नयाँ मोडल पी–१ को प्रतिक्रिया लिइरहेको जनाएको छ । वेवसाइटमार्फत टेष्ट ड्राइभ गर्न चाहानेहरुको फारम लिएको कम्पनीले यस अघि पी–० मोडल सार्वजनिक गरेको थियो । उक्त मोडलको मोटरसाइकल निमार्णको अन्तिम चरणमा पुगेसँगै कम्पनीले नयाँ मोडल पी–१ ल्याएको हो । पी–० मोडलका मोटरसाइकलको बुकिङ गर्ने ग्राहकलाई केही समय पश्चात हस्तान्तरण गर्ने योजनामा कम्पनी छ । 

नयाँ मोडल पी–१ लाई रेगुलर मोडलको रुपमा उत्पादन गर्ने कम्पनीको भनाई छ । 

यात्रीको नयाँ मोटरसाइकल पी–१ मा रहेको मोटरले १९ हर्सपावर तथा ९० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यात्री कम्पनीले उत्पादन गर्ने मोटरसाइकल अर्को हप्ता नेपालमा सार्वजनिक हुँदैछ । कम्पनीले सन् २०१९ मा ‘पी–०’ मोडलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । अप्रिल २३ मा सार्वजनिक गर्ने मिति तय भएको यात्री पी–० सँगै कम्पनीले अर्को एड्भेञ्चर मोडल पी–१ पनि ल्याउन ल्याउन लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved