कर बुझाउने म्याद थप गर्न नाडाले गर्यो सरकारसगँ अपिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 06:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नडा अटो मोवाईल्स एशोसिएशन अफ नेपालले सरकारसगँ कर बुझाउने समय थप गर्न अपिल गरेको छ ।   

सरकारले निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु कार्यालयमा जान सक्ने अवस्था नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसंग अनुरोध गरेको हो ।   

त्यसैगरी नेपालका सम्पुर्ण अटोमोवाईलस व्यवसायीहरुले अटोमोवाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरु मै बुझाइ महामारीमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved