बाइक पारखीलाई राहतः यी हुन् १ लाख मूल्य घट्ने ‘हेभी’ मोटरसाइकल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 01:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल पारखीको लागि आगामी आर्थिक वर्ष सुखद रहने भएको छ । ४ सय सीसी क्षमताभन्दा माथिका ठूला र महँगा मोटरसाइकलको सडक निर्माण दस्तुर ५० प्रतिशतले घटेसँगै अब मूल्य पनि घट्ने भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सडक निर्माण दस्तुर १ लाख रुपैयाँ घटेको छ । यसअघि ४ सय सीसी क्षमताभन्दा ठूला मोटरसाइकलमा वार्षिक २ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्दै आएकोमा अब १ लाखमा झरेको छ । योसँगै बाइकको मूल्य पनि १ लाख रुपैयाँ सस्तो हुने भएको हो ।

होण्डा, यामाहा, रोयल इन्फिल्ड, बनेली र सिएफ मोटो लगायतका मोटरसाइकलको मूल्य घट्ने गरी सडक निर्माण दस्तुर घटेपछि अटोमोबाइल्स व्यवसायीहरुले यो निर्णयको स्वागत गरेका छन् । 

कुन बाइकको मूल्य कतिमा झर्छ ?

होण्डा

नेपालको चर्चित बिग बाइक हो होण्डाले बिक्रि गर्ने आरआर । सीबीआर ६०० आरआर बाइक ६०० सीसीको हो । हाल यसको मूल्य ३४ लाख ५० हजार रुपैयाँ छ । अब यो बाइक ३३ लाख ५९ं० हजारमा पाइने देखिएको छ ।

यद्यपी, कम्पनीले नयाँ मूल्य भने सार्वजनिक गरिसकेको छैन ।

यामाहा

यामाहाले पनि आफ्नो हेभि सेग्मेन्टमा बोल्ट, एमटी ०९, टी म्याक्स ५६० र आर ६ लाई सार्वजनिक गरिसकेको छ । ४०० सीसीभन्दा माथि इन्जिन क्षमता भएका यी सेग्मेन्टहरुको मूल्य पनि घट्ने भएको हो ।

हाल यामाहा आर ६ को मूल्य ३९ लाख ९९ हजार छ । टी म्याक्स, एमटी ९ र बोल्ट भने ३४ लाख ९९ हजार रुपैयाँमा बिक्रि हुँदै आएका छन् । अब यी ४ वटै मोडलका बाइक १ लाख सस्तोमा पाईनेछ ।

रोयल इन्फिल्ड

रोयल इन्फिल्ड (बुलेट) नेपालमा चर्चित र लोकप्रीय बाइक हो । हेभि तर मध्यम स्तरको आय भएका युवाहरुले पनि किन्न सक्ने यो बाइक जीटी ६५० ट्वीन ६५० सीसी इन्जिन क्षमताको हो ।

यसको मूल्य हाल १२ लाख ४९ हजार छ । तर, अब यो मूल्य १ लाख घट्नेछ ।

सिएफमोटो 

सिएफमोटो एनके ४०० मा ४००.४० सीसीको इन्जिन क्षमता छ । यसको मूल्य ७ लाख ९० हजारबाट अब ६ लाख ९० हजार कायम हुने देखिएको छ । सिएफमोटोकै ६५० एनकेको मूल्य पनि १५ लाख ५० हजारबाट १४ लाख ५० हजार र ६५० एमटीको मूल्य १६ लाख ५० हजारबाट १५ लाख ५० हजारमा सिमित हुने देखिएको छ ।

बेनेली

बनेलीले ७५२ एस र टीएनटी ६०० आईलाई नेपाली बजारमा हालै मात्र सार्वजनिक गरेको हो । ७५२ एसको मूल्य २५ लाख १५ हजार र टीएनटी ६०० आईको मूल्य २३ लाख ५८ हजार रुपैयाँ रहेकोमा अब दुबै मोडलमा १ लाख मूल्य घट्ने छ ।

कम्पनीहरुले नयाँ मूल्य सार्वजनिक भने गरेका छैनन् । यद्यपी सिमित अर्डरहरु भने आईरहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved