विद्युतीय गाडीको एसेम्बल अब नेपालमै, वार्षिक १ हजार गाडी बनाउने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 01:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै मोटरसाइकलको एसेम्बल हुँदै आएको छ । यद्यपी, यसले अपेक्षाकृत सफलता भने पाईसकेको छैन । तर, अब मोटरसाइकल मात्रै नभई विद्युतीय गाडीको पनि एसेम्बल हुने भएको छ । यसका लागि प्लान्ट निर्माणको पहिलो चरणको काम जग्गा प्राप्ती टुंगो लागेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका ८ र ९ को नदी उकास जग्गामा बिजुली गाडीको एसेम्बल प्लान्ट बस्ने भएको छ । यसका लागि सैनामैना नगरपालिका र सुन्दर यातायात प्रा.लीबीच सम्झौता सकिएको छ । 

भाडा कति ?

सुन्दर यातायातले सैनामैनाको भडसी, भडसा र शंकरपुरको १० बिघा जग्गामा एसेम्बल प्लान्ट राख्ने भएको छ । २५ वर्षका लागि जग्गा भाडामा लिएको सुन्दर यातायातले वार्षिक ६ लाख रुपैयाँ नगरपालिकालाई बुझाउने छ ।

यति मात्रै नभई नाफाको १ प्रतिशत नगरपालिकालाई दिने र वर्षमा नगरपालिका भित्रका एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाईदिने पनि सहमति भएको छ ।

सुन्दर यातायतले पहिलो चारणमा ३ अर्ब ६० करोड लगानी गरेर एसेम्बल प्लान्ट राख्ने बताएको छ । सुन्दरका सञ्चालक भेषबहादुर थापाले निषेधाज्ञा पूर्ण रुपमा हटेको ६ महिनाभित्रै एसेम्बल प्लान्ट निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् ।

चीनबाट पार्टपुर्जा ल्याउने लक्ष्य

सुन्दर यातायातले नेपालमै विद्युतीय गाडीको एसेम्बल गर्न चीनबाट पार्टपुर्जा ल्याउने बताएको छ । सार्वजनिक यातायातका रुपमा विद्युतीय गाडी चलाउँदै आएको सुन्दर यातायातले नेपालमै गाडी एसेम्बल सुरु भएपछि हाल विदेशबाट आयात गर्दाको तुलनामा एउटा गाडीमा २० देखि २२ लाख सस्तो पर्ने दाबी पनि गरेको छ ।

देशमै विद्युतीय गाडीको प्लान्ट बनेपछि सबै खालका विद्युतीय सवारीको एसेम्बल गर्न पनि सकिने सुन्दर यातायातको भनाई छ । 

लगानी कसको ?

सुन्दर यातायातले पहिलो चरणमा ३ अर्ब ६० करोड लगानी गर्ने बताएको छ । ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी रहनेछ ।

प्लान्टबाट पहिलो वर्ष नै ३ सय गाडी बनाउने लक्ष्य कम्पनीको छ । त्यसपछि हरेक वर्ष १ हजार गाडी उत्पादन गर्ने लक्ष्य सुन्दर यातायातले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved