होण्डा ग्राजिया अब नयाँ मोडलमा, यस्ता छन् विशेषता र मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 05:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

होण्डाको नयाँ स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपाली बजारमा होण्डा ग्राजियाका बीएसभीआई मोडल लन्च गरेको हो ।

१२५ सिसिको यो स्कुटर फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको कम्पनीको दाबी छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको बताईएको छ । यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ । 

होण्डाको प्रोग्राम फ्यूल इन्जेक्टर टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको दाबी कम्पनीको छ । 

ग्राजियाको नयाँ बीएसभीआई डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको आईडिलिङ स्टप रहेको छ भने नयाँ बीएसभीआई एसटीडी मोडलमा इन्जिन स्टार्ट स्टप स्वीच रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट लगायतका विशेषताहरु छन् । 

नेपाली बजारमा ग्राजिया बीएसभीआई डीआरएस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय र ग्राजिया बीएसभीआई डीएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved