हुन्डाईको दशैँ तिहार योजनाका विजेता घोषणा, श्यामले जिते ग्राण्ड आई–१०

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 07:03:54 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ूयसपालीको दशैं तिहार, वेलकम टु हुण्डाई परिवारू अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ ।

अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा, स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट साथै स्वास्थकर्मीहरुकोसम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १–१ जना विजेतालाई हुन्डाई ग्राण्ड आई–१० एनआईओएस (म्यागना) र हुन्डाई एयूआरए (एस) जित्ने मौका थियो ।

अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई ग्राण्ड आई–१० एनआईओएस (म्यागना) जितेका छन् ।

अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६१७, भरतपुर, चितवनका  चेत नारायण सापकोटाले हुन्डाई एयूआरए (एस) जितेका छन् ।

यो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved