खोपको ब्यबस्था गरिदिन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ समक्ष नाडाको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 05:07:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडाले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्टलाई भेटेर श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेको छ ।  नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले मन्त्री श्रेष्ठलाई भेटी नेपालको अटोमोवाइलक्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेको हो ।

 भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइलक्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको बताए । उनले भने ' सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइलक्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान सकिरहेका छैनन् । खाशगरी व्यवसायको फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको छ ।'

 छलफलमा चोधरीले कोभिड १९ का कारण अटोमोवाइल व्यवसायले अझै गति लिन नसकेको बताए । उनले अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको तडकारो आवश्यकता भएकोलो तत्काल खोप उपलब्ध गराई दिने व्यवस्थाका लागि आग्रह समेत गरे ।

भेटघाट तथा छलफलको क्रममा राज्य मन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयाश गर्ने आश्वासन दिएको बताएको नाडाले जनाएको छ । त्यस क्रममा नाडाले राज्यमन्त्री श्रेष्ठको  सफल कार्यकालको लागि शुभकामना पनि व्यक्त गरेको छ।  

 प्रतिनिधि मण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिनु अनुरोध गरेको थियो । सो भेटघाट तथा छलफलमा सचिव अर्यालले नीजिक्षेत्रले समेत खोप आयातगरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे । साथै अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएको सो भर्न समेत जानकारी दिए । खोप आयत गर्दा सकारी कार्यालयहरुबाट समस्या भए सहजीकरण गर्ने प्रतिवद्दता सचिव अर्यालले जनाएका छन् ।

छलफलमा नाडाका उपाध्यक्ष करणकुमार चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतील सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved