हुन्डाईको नयाँ गाडी नेपाली बजारमा, यस्ता छन् फिचर्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 09:03:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ ।हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरु देखिनै परिचित मोडल रहेको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ जेनेरेशन मोडल यूरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित रहेको दाबी गरेको छ । 

कम्पनीका अनुसार नयाँ जेनेरेशन आई २० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा म्यानुयल गियरबक्स दिइएको छ । 

 प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईव्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषताले यसलाई सडकमा निकै विशिष्ठ बनाउने कम्पनीले जनाएको छ । व्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, आर्म रेष्ट जस्ता फिचरले आई २० लाई निकै विलासी र प्रिमियम गाडी बनाएको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेशन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध रहने छ । यात्रु सुरक्षाको लागि आई २० मा हुन्डाईले धेरै फिचर प्रदान गरेको छ । ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडल जस्ता फिचर रहेका छन् ।

अतुलनिय ड्राइभिङ एक्स्पेरिएन्स,  उत्कृष्ट पावर र पर्फमेन्स, एप्पल कार प्ले र एन्ड्रोइट अटो सपोर्ट गर्ने टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रिअर आर्म रेस्ट, रियर एसी भेन्ट्सले चालक र यात्रु दुबैलाई मनोरञ्जन सहितको यात्रा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार हुन्डाई आई २० म्याग्ना र स्पोर्त्ज़ अप्सन  मा उपलब्ध हुने छ ।  म्याग्ना अप्सन को मूल्य ३६ लाख ९६ हजार र स्पोर्त्ज़ अप्सन को मूल्य ४१ लाख ९६ हजार राखिएको छ ।

हुन्डाईको नयाँ जेनेरेशन आई २० लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको देशभर रहेका १४ वटै शोरुमाबाट विक्री सुरु भएको हो। विक्रीपछिको सेवाको लागि १८ वटा सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

हुन्डाई मोटरका उत्पादन नेपालमा सर्वाधिक विक्री हुने कम्पनीमा पर्छ भने विश्वकै ५ औं ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved