तनहुँमा अशोक लेलैण्डको दोस्त गाडीमा निर्मित एम्बुलेन्स हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 06:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्धारा प्रवद्धित अशोक लेलैण्डले डुम्रे, तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आइएमई मोटर्सको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै  एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यम बाट विक्री वितरण गर्दै आएको छ । गत वैशाख महिनामा आइएमई मोटर्सद्धारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो । 

आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved