नाडाले भन्यो, ‘बजेट कार्यान्वयन गर्ने खालकै मौद्रिक नीति आयो, राम्रो भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 04:57:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा आटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति समग्रमा राम्रो आएको बताएको छ । 

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट मौद्रिक नीति सार्वजनिक भए लगत्तै बिजपाटीलाई प्रारम्भिक प्रतिक्रिया दिँदै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले जेठ १५ गते केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई नै सहयोग पुग्ने गरी मौद्रिक नीति आएको बताए । 

‘पुनःकर्जा यथावत राखेको छ, यसले धेरै ठूलो राहत मिल्नेवाला छ । डाउन पेमेन्टका कुरा नआएपनि सार्वजनिक सवारी साधनका धनीहरुले किस्ता, साँवा र ब्याज १ वर्षको भाका राखेर तिर्न सक्ने भएको छ’ उनले भने, ‘स्वरोजगार बन्न सक्ने खालका गाडीहरु, ट्याक्सी लगायत किन्न २५ लाखसम्म बिना धितो ऋण पाउने व्यवस्था पनि आयो । समग्रमा राम्रो छ ।’ 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved