टिभिएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 06:38:54 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएसको नयाँ मोडलको मोटरसाइकल सार्वजनिक भएको छ । 

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटीआर २०० फोरभीको फर्स्ट इन्क्लास राइडिङ्ग मोड्ससहित बीएसभीआई इन्जिनसहितको नयाँ मोडल सार्वजनिक गरेको हो ।

टिभिएस अपाचे आरटीआर २०० फोरभी विथ फर्स्ट इन्क्लास राइडिङ्ग मोड्समा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ । 

यस कोसिस्टममा स्पोर्ट, अर्बान र रेनमोडगरेर तिन ओटा मोडहरु रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने दाबी कम्पनीको छ ।

कार्यक्रममा टिभिएस मोटर कम्पनीका अन्तराष्ट्रिय व्यापार अध्यक्ष, आर दिलीपले टिभिएस अपाचे श्रृंखला संसारभरी रहेका ग्राहक र रेसिंग उत्साहिहरुका लागि नयाँ प्रविधिको भएको बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved