बाटो मै फोर्डको गाडी बिग्रिए एक फोनकल मै असिस्टेन्स सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 07:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको उपलक्ष्यमा फोर्ड नेपालले रोडसाइड असिस्टेन्स मार्फत यात्रालाई सहज बनाउने योजना ल्याएको छ  । फोर्ड नेपालले चाडपर्वको उपलक्ष्यमा ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको हो ।

फोर्ड नेपालले देशभरी फैलिएको नेटवर्क सञ्जाल मार्फत राजमार्गको कुनैपनि भागमा फोर्ड गाडीमा समस्या भएमा एक टेलिफोन कलको माध्यमबाट सेवा प्रदान गर्ने जनाएको छ । फोर्ड नेपालले यस चाडपर्वको अवसरमा नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गरी दुई स्थानमा (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्ने जनाएको हो ।  

कम्पनीले भनेको छ ' यस चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ । यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरुलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्स मार्फत सेवा प्रदान गर्दैछ । '

“फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेको हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved