हिरो मोटोकर्पले ल्यायो ‘कनेक्ट’ माएस्ट्रो एज ११० स्कुटर, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 06:22:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।    

‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकहरूका लागि उपयुक्त डिजाइन रहेको कम्पनीको दाबी छ । 

नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो ‘फस्ट इन सेगमेन्ट’ एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आई३एस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसन सहित नयाँ शार्पर डिजाइन छ ।

 माएस्ट्रो एज २ लाख १५ हजार रुपैयाँमा देशभर उपलब्ध हुनेछ । 

हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले सार्वजनिकरणका अवसरमा ग्राहकलाई केन्द्रविन्दुमा राखेर नेपालमा हामी ग्राहकहरूलाई नवीनतम प्रविधि र डिजाइनसहितको बढी सान्दर्भिक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको र नयाँ माएस्ट्रो एज ११० ले युवाहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे । 

नेपालमा हिरो मोटोकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम)े छ र यस कम्पनीले ७५ डिलरहरू, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटहरू सहित देशभरका ९० वटा बिक्री केन्द्र मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ । 

नेपालमा हिरो मोटोकर्पको बिक्री दायरामा एचएफ डिलक्स, स्प्लेन्डर+, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सपल्स २००, एक्सपल्स २०० टी मोटरसाइकल र प्लेजर+ प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कुटर रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved