इभिईको इलेक्ट्रिक स्कुटी नेपालमा, एक पटक फुल चार्ज गरे १०० किलोमिटर गुड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2021 | 04:08:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कम्पनी इभिईको इलेक्ट्रिक स्कुटी नेपाल भित्रिएको छ । सुन्दर ट्रेडर्स प्रालिले कम्पनीको विभिन्न ५ वटा मोडलको स्कुटी नेपाल ल्याएको हो । 

कम्पनीले जेनिया, जेनिया २, विन्ड, आभार एट्रो मोडलहरु सार्वजनिक गरेको हो । यी स्कुटीको मूल्य १ लाख १५ हजारदेखि २ लाख २५ हजारसम्म रहेको छ । 

यी स्कुटी घर मै चार्ज गर्न सकिने छ । यद्यपि घरमा भन्दा स्टेशन मै चार्ज गर्दा प्रति युनिट ६ रुपयाँ सस्तो पर्ने कम्पनीले जनाएको छ। धुम्बाराइ र थापाथलीमा कम्पनीको आफ्नै चर्जिंग स्टेशन रहेको छ । यी स्कुटीमा जीपीएस फिचर्स, मोबाइलबाट ब्याट्री हेर्न सकिने कम्पनीले जनाएको छ । यी स्कुटीमा ५ वर्षको वारेन्टी भएको र १ पटक चार्ज गर्दा १०० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved