महिन्द्राको इलेक्ट्रिक अटो अब चितवनमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 01:55:09 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो चितवनमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जीले भरतपुर–९, हाकिमचोकमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छहो ।

महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख बचत गर्नसक्ने दाबी कम्पनीको छ ।

महिन्द्रा ट्रियो १० हजार बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो ।

अग्नि इनर्जीका भरतपुर–९, हाकिमचोक, चितवनका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने छन् । 

ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved