लोभ लाग्दा विशेषतासहित इलेक्ट्रिक बाइक ‘याक’ सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2022 | 08:09:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ । 

कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय २ पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्र्याएको हो । अन्य बाइकको तुलनामा यसले निकै कम उर्जा खपत गर्ने र यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने दाबी कम्पनीको छ । पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्ने बताईएको छ ।

बाइक सार्वजनिक समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याका लागि नेपाल जिम्मेवार नरहेपनि प्रभाव भने परिरहेको बताएकी छिन् ।

उनले भनिन्, “भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ, विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ । त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले  याक बाइक्सलाई नेपालमा भित्र्याएको हो ।’’

जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न  याक बाइक्स यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको  समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।“


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved