मोटरसाइकलमा सरकारले अत्याधिक बढायो भन्सार र अन्तःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 08:44:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मोटरसाइकलको भन्सार महशुलमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलमा ८० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा गरेका हुन् ।

अगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत २ सय सीसी माथिका मोटरसाइकलमा भन्सार दर भारी मात्रामा बढाएका हुन् । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भने यसअघिकै ३० प्रतिशत भन्सार दर स्थिर राखिएको छ । 

आर्थिक ऐन अनुसार २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत भन्सार दर र २० प्रतिशत अन्तःशुल्क बढाईएको छ । २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा अब ४० प्रतिशत भन्सार लाग्ने भएको छ ।

२५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा यसअघि ३० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसमा ४० प्रतिशत थप बढाएर ७० प्रतिशत पुर्याइएको छ भने अन्तशुल्क ८० प्रतिशत बनाईएको छ । 

५०१ सीसीदेखि माथिका सबै मोटरसाइकलमा अब भन्सार दर ८० प्रतिशत लाग्ने भएको छ । 

अब २ सय सीसी माथिका मोटरसाइकलको आयात र तिनको खरिद महँगो हुने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved