नाडा ईभी एक्सपोमा टाटाको नेक्सन सबैभन्दा बढी बुकिङ, दोस्रोमा हुण्डाईको कोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 01:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

इतिहासमै पहिलोपटक नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको नाडा ईभी एक्सपो (विद्युतीय सवारीको प्रदर्शनी)मा सबैभन्दा धेरै टाटाका गाडी बुकिङ भएका छन् । विद्युतीय सवारीको प्रदर्शनी भएकाले सबैभन्दा धेरै टाटाको नेक्सन बुकिङ भएको हो । 

टाटाको नेक्सन इभी १३० वटा बुकिङ भएको छ ।

टाटापछि हुन्डाईको कोना धेरै बुकिङ भएको छ । हुण्डाईको विक्रेता लक्ष्मी ग्रुपको लक्ष्मी इन्टरकमिन्टनेन्टलले आयोनिक–५ र कोना प्रदर्शनीमा राखेको थियो । आयोनिक–५ ३ वटा र कोना ५६ वटा बुकिङ भएको छ। 

बिवाइडीको विक्रेता साइमेक्स इन्कका अनुसार ५० वटा ई–६ बुकिङ भएको छ ।

२ पांग्रे तर्फ हिरो इलेक्ट्रिकको ४० वटा स्कुटर बुकिङ भएको छ । 

नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक आयोजना गरिएको ईभी एक्स्पो सफलताका साथ सम्पन्न भएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved