एरोमा डर्ट बाइकको बुकिङ सुरु, हरेक ग्राहकलाई मुस्ताङ्ग यात्राको फेस्टिवल स्किम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 01:12:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आरोग्य मोटर्सले २ सय सिसि क्षमताको डर्ट बाईक सार्वजनिक गरेको छ।  चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा सवारीसाधन आयात गर्दै आइरहेकोमा यो डर्ट बाइक पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपालका अधिकाँस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम राखिएको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाईक २ सय सिसि क्षमताको रहेको छ ।  

कम्पनीले भनेको छ 'एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको यो बाईकले ८६०० आरपिएममा १४.८ एचपि पावर सिर्जना गर्छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको यो बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माईलेज प्रदान गर्दछ ।'

कम्पनीका अनुसार पहिलो चरणमा एरोमा डर्ट बाईकको १ मोडेल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् ।  यो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार एरोमा डर्ट बाइकको अहिले परिचयात्मक मुल्यको रुपमा रु. ४,८६,००० (चार लाख छयासी हजार) मात्र मा बिक्री खुला गरिएको छ । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एरोमा डर्ट बाइक खरिद गर्ने हरेक ग्राहकलाई मुस्ताङ्ग यात्राको फेस्टिवल स्किम समेत राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म काठमाण्डौं, भक्तपुर, पोखरा, दाङ्ग, नेपालगञ्ज, गुलरीया, धनगढी, टीकापुर, अत्तरीया र महेन्द्रनगमा डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । निकट भविष्यमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved