इभी नेपाल मोटर्सको नयाँ गाडी सार्वजनिक, नक्सालको शोरुमबाट बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2022 | 02:04:06 PM मा प्रकाशित

laxmi  sunrise bank

इभी नेपाल मोटर्सले काठमाडौँको नक्सालमा नयाँ शोरुम उद्घाटन गरेको छ । बिगत लामो समयदेखि २ पाङ्ग्रे सवारीसाधनको बिकिबितरण गर्दै आएको इभी नेपाल मोटर्सले ४ पाङ्ग्रे सवारीबाट सेवा सुविधा दिलाउने उद्देश्य नयाँ शोरुम संचालनमा ल्याएको जनाएको छ ।

इभी नेपाल मोटर्स अन्तराष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो। कम्पनीले हाल वलिङ मोटर्स अर्न्तगत पीटी एसगीएमडब्लु मोटर इन्डोनेसियाको लागी उक्त शोरुम संचालनमा ल्याएको हो। कम्पनीले यस शोरुमबाट ईन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको  वलिङ एयर इभि कार बिक्रि गर्ने छ । कम्पनीले सोहि गाडी पनि आज सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार उक्त इलेक्ट्रिक गाडी बिभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका छन् । गाडीले २०० देखि ३०० किलोमिटरको माइलेज दिने, ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता रहेको र ८ बर्ष वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ । नेपालमा बजार ग्रुपले डिलर संजाल बढाएर उक्त गाडी बिक्रि गर्न लागेको हो। कम्पनीका अनुसार नक्सालको शोरुम बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म खुल्ला रहनेछ ।

उक्त गाडी ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved