टाटा जेनभोल्टज जेनेरेटरको उत्साहजनक विक्री भएको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 05:43:59 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरको छोटो समयमा नै उत्साहप्रद रुपमा बिक्रि भएको टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लिले जनाएको छ।  सिप्रदीका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगटिसकेको छ।

टाटा  जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो रहेको कम्पनीले जनाएको छ। टाटा मोटर्सको अन्तराष्ट्रियस्तरको विकाश तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ । सिपिसिबि २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी  उत्कृष्ट कार्यक्षमता देखाँउछ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तराष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारी भन्छन् , “टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नँया उर्जा प्रदान गरिरहेको छ ।  हामी पूर्ण विश्वस्त छौ कि यो नेपालको पुर्वाधार एवं औद्योगिक विकाशको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेको । ”

निर्माण एवं पुर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयूक्त यो उत्पादन २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित  दुवै किसिममा उपलब्ध छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved