बिवाईडीको गाडी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 09:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले बिद्युतीय सवारीका सहज फाइनान्सिड्डको लागि प्रभु बैंक संग वित्तिय सम्झौता गरेको छ । सम्झौता अनुसार  प्रभु बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

यस सहकार्य पश्चात प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा बैंकबाट ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन्साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको बैंकले जनाएको छ ।

प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटिएम नेटवर्क छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved