सुजुकीको मोटरसाईकल तथा स्कुटर किन्दा १ लाखसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 08:52:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भि. जि. अटोमोबाईल्सले मोटरसाईकल तथा स्कुटरको खरिदमा "नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी" योजना ल्याएको छ । यस योजना अर्न्तगत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथै थप Scratch Card मार्फत १ लाख रुपैयाँसम्म छुट पाउन सकिन्छ ।

यस्तै कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सकिने छ ।
सक्नु हुनेछ वा फाइनान्समा शुन्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ ।

यो योजना चैत १४, २०८० देखि जेष्ठ १८, २०८१ साल सम्म लागु हुनेछ ।

बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरस उत्पादन गर्दै आइरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved