गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९२ प्रतिशत काम सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 11:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९२ प्रतिशत सम्पन्न भैएको छ । रुपन्देहीको भैरहवामा निर्माणाधिन उक्त विमानस्थालको भौतिक प्रगति ९२.५ प्रतिशत र वित्तिय प्रगति ६३ प्रतिशत सम्मन्न भएको हो ।

निर्माण पक्षका अनुसार हालसम्म विमानस्थलको ३ हजार  मिटर को धावनमार्ग, ट्याक्सी वे एवंम् एप्रोनको सिभिल निर्माण तर्फको कार्य सम्पन्न भई विद्युतीकरण सम्बन्धि कार्य चालु भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन एवम् कन्ट्रोल टावर सम्वन्धि कार्यको संरचना निर्माणको कार्य सम्पन्न भई हाल उपकरण जडान, फिनिसिङ्ग, इन्टेरिओरको काम भैरहेको छ ।

यसैगरी ल्याण्डस्क्यापीङ्ग भित्र तारवारर एवंम नाला बनाउने कार्य अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । यसका साथै आइसीबी ०२ अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडान पूर्व तयार हुनुपर्ने भौतिक संरचनाहरु तयार भैरहेको जनाइएको छ ।

यस्तै आयोजनाको काम लकडाउनको समयमा पनि नरोकिएको जनाईएको छ । लकडाउनको अवधिमा चिनिया २९ सहित औसतमा करिब २७५ जना कामदारले दैनिक कार्य गर्ने गरेको जनाइएको छ । सो अवधिमा भौतिक प्रगति ४.५ पतिशत  सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । उक्त अवधिमा चिनिया २९ सहित औसतमा करिब २७५ जना कामदारले दैनिक कार्य गर्ने गरेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved