चौथो पटक निगमको विमान कारवाहीमा , हङ्गकङ्ग जान प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 03:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत हङकङ गएका नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल वायुसेवा निगमको उडानलाई चाथौँ पटक प्रतिबन्ध लगाईएको छ । पछिल्लो पटक निगमको नियमित उडान मार्फत गएका ५ जना नेपालीमा कोरोना पुष्टि भएसगैँ निगमको उडानमा प्रतिबन्ध लगाईएको हो । 

यस अघि निजी ल्याबको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर गएकालाई कोरोना देखिएपछि सरकारी ल्याबको रिपोर्ट मात्र मान्य हुने निर्णय भएको थियो। तर सरकारी ल्याबबाट नेगेटिभ रिपोर्ट लिएर गएकामा पनि कोरोना देखिएपछि चौथो पटक उडानमा प्रतिबन्ध लागेको हो । पुनः ५ नेपालीमा संक्रमण देखिएको भन्दै हङकङले ३ देखि १५ डिसेम्बरसम्मको उडानमा प्रतिबन्ध लगाएको निगम स्रोतले जनाएको छ । 

गत सोमबार निगमको एयरबस ३३० (वाईडबडी) मार्फत हङकङ गएका २ सय ५१ यात्रुको हङकङ सरकारले विमानस्थलमै कोभिड–१९ जाँच गर्दा ५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । 

पहिलो पटक गत अक्टोबर ४ देखि २० सम्म, दोस्रोपटक अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रो पटक नोभेम्बर १२ देखि २५ सम्म उडान प्रतिबन्ध लगाएको थियो । ३ पटकसम्म निजी ल्याबबाट पिसिआर परीक्षण गरेर हङकङ पुगेका यात्रुमा कोरोना देखिएको भन्दै हङकङ उडानमा सरकारी ल्याबको रिपोर्टलाई मात्र मान्यता दिईएको थियो । 

सरकारी ल्याबको रिपोर्ट अनुसार नेगेटिभ रिपोर्ट लिएर उडान भरेका यात्रुमा पुनः संक्रमण पुष्टि भएसगैँ नेपालमा गरिएको पीसीआर परीक्षणमा नै आशंका गरिएको जानकारहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved