कामदार नहुँदा गौतमबुद्ध विमानस्थलको काम रोकियो, पोखरामा सूस्त

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Dec 29, 2020 | 12:26:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीलाई देखाउँदै चिनिया ठेकेदारले कामदार नल्याउँदा भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण रोकिएको छ । गत जनवरीमा चिनियाँ नयाँ वर्ष मनाउँन चीन गएका कामदारहरु निर्माणस्थलमा नर्फकिदाँ  उपकरण जडानकाे काम राेकिएकाे हाे । 

विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवन निर्माण सकिएको लामो समयभए पनि प्राविधिक नहुँदा उपकरण जडान हुन सकेको छैन। ९८ प्रतिशत उपकरणहरु निर्माणस्थलमा रहेपनि प्राविधिक नहुँदा उपकरण जडान हुन नसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । 

आयोजना प्रमुख प्रवेश अधिकारी चिनियाँ कामदार नआउँदा उपकरणहरु थन्किएको बताउँछन् । उनका अनुसार आयोजनाले कामदार ल्याउन निर्माण कम्पनीलाई ताकेका गर्दै आएको भएपनि कम्पनीले कामदार हिडेसकेको भन्दै आलटाल गर्दै आएको छ । 

‘विमानस्थलमा एयर कन्डिसनर जोड्ने १० जना चिनियाँ कामदारहरु चीनबाट नेपालका लागि हिडेको जानकारी आएको थियो, तर उनीहरुसँगै रहेका अन्य मानिसहरुमा पुनः कोरोना संक्रमण देखिएपछि उतै रोकिएको भन्ने जानकारी आएको छ’, उनले भने, ‘नेपालका लागि निस्कीएका उनीहरु क्यारेन्टाइन बसेर आउँछन, वा उतैबाट फर्किन्छन, कम्पनीले केही बताएको छैन ।’

चिनियाँ प्राविधिक नआउँदा कुनै पनि कामहुन नसकेको आयोजनाले जनाएको छ । सम्झौता अवधिमा निर्माण सम्पन्न नभएपछि डिसेम्बर ३१ सम्मका लागि समय थप गरिएकोमा पुनः म्याद थपको तयारी भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । निर्माणका सम्पूर्ण काम सकिएको उक्त विमानस्थलमा उपकरण जडानको काम मात्र बाँकी रहेको जनार्ईएको छ । 

कामदार आएमा एक महिनाभित्रमा सकिने काम मात्र बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । पछिल्लो समय सन् २०२० को जनवरीबाट सञ्चालनमा ल्याउने तयारी भएको उक्त विमानस्थल सन् २०२१ को जनवरीमा समेत निर्माण सम्पन्न नभएर २०७८ को बैशाख १ मा सञ्चालनको तयारी भएको छ । 

विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन्  । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण निर्माण रोकिएको छ । 

पोखरामा सूस्त

पोखरामा निर्माणधि क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि सूस्त भएको छ । अधिकांश चिनियाँ कामदारहरु चीनमा रोकिदा निर्माणको कार्य नरोकिएपनि सूस्त गतिमा काम भएको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ नयाँ वर्ष मनाउन चीन गएका ५४ जना चिनियाँ कामदारहरु सोमबार निर्माण क्षेत्रमा आइपुगेको आयोजना प्रमुख बिनित मुनकर्मी बताउँछन् । 

सोमबार आएका कामदारहरुमा १५ जना प्राविधिक समेत रहेको उनी बताउँछन् । ‘विमानस्थल निर्माणका लागि आवश्यक पर्ने उपकरणहरु निर्माण क्षेत्रमा आइपुगेको छ, उपकरणसगैँ प्राविधिक आइपुगेका छन, अब जडानको कार्य सुरु हुन्छ । यसअघि सुस्त गतिमा रहेको निर्माण कार्य अब पूरानैँ गतिमा सुरु गछौँ’, उनले भने ।

उनका अनुसार १ सय ५० भन्दा बढी कामदार र प्राविधिकहरु कोरोनाको खोप लगाएर जनवरीमा आउने तयारी भएको छ, उनीहरु सबै आएपनि पूरानै गतिमा निर्माणको कार्य सुरु हुन्छ । उक्त विमानस्थल २०७८ को बैशाख १ गते नै सञ्चालनको तयारी अनुसार निर्माण भैरहेको छ । 

०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थल २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले सम्झौता भएको थियो । सम्झौता अबधिभन्दा ६ महिना अगाडी नै निर्माण सम्पन्न गर्नेगरी काम भएको विमानस्थल कोरोनाका कारण निर्माणमा ढिलाई भएको छ । उक्त विमानस्थल निर्माणको काम हाल ६८ प्रतिशत पूरा भएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । 

हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved