प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 11:30:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चीन संयुक्त लगानीमा सञ्चालित निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले प्रयास नेपालाई सहयोग गरेको छ । हिमालयले सामाजिक उत्तरदायित्व ब्यानर अन्तरगत प्रयास नेपालका बालकालिकालाई शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । वर्षभरी पुग्ने गरी शैक्षिक सामग्रीका साथमा कोरोना विरुद्ध लड्न आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको जनाएको छ । 

हिमालयले ८ देखि २० वर्षका २७ जना विद्यार्थीहरुलाई वार्षिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको एअरलाइन्सकी ब्रान्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीलले जानकारी दिईन । 

हिमालयले सन् २०१७ देखि प्रयास नेपालका बालबालिकालाई सहयोग गर्दै आएको छ । गैर–नाफामूलक सामाजिक संस्थाको रुपमा सञ्चालित प्रयास नेपालले अनाथ, दुव्र्यवहारमा परेका र शारीरिक रूपले अपांग बालबलिकाहरू लाई नेपालका विभिन्न भागबाट आश्रय प्रदान गर्दै शिक्षा र सीपमूलक तालिम दिदैँ आएको छ । 

सन् २०१४ अगष्टदेखि सञ्चालित हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ र छोङ्छिङ्मा चार विमान मार्फत उडान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved