हिमालय र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 06:59:53 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यवसायीक सहकार्य गर्न सहमति भएको छ । दुई एयरलाइन्सबीच सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक व्यापार साझेदारी भएको हो । 

एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपिआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले आज आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।  हिमालयले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यतीले नेपालभर संजाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ । 

सम्झौता अनुसार दुबै एअरलाइन्सले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्ने, यात्रुहरुलाई टिकट खरीदमा सरलीकृत बनाउदैँ आफ्ना सेवाहरु एकअर्काको वेबसाइटमा सहज रुपमा उपलब्ध गराउने सक्नेछन् । 

सम्झौता पश्चात हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्सबीचको सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारीक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । उनले दुबै एयरलाइन्सको व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन साझेदारीले महत्वपूर्ण भुमिका खेल्ने बताए । 

यसैगरी, यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारीले व्यवसायीक समुदायलाई सकारात्मक सन्देश दिएको बताएका थिए । उनले दुबै एयरलाइन्सका यात्रुहरुलाई थप लाभ प्राप्त गर्नसक्ने बताए । 

हिमालय एयरलाइन्स यती गुप्र (यती एयरलाइन्स) र चिनियाँ संयुक्त लगानीमा सञ्चालीत वायुसेवा कम्पनी हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved