बिहीबारबाट दैनिक ६४ आन्तरिक उडान हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 04:47:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक हवाई उडान बिहिबारबाट खुल्दैछ । कोरोनाका कारण निषेधाज्ञा लागू हुँदा बन्द भएका आन्तरिक उडान बिहिबारबाट खुल्न लागेका हुन्  । 

वायुसेवा संचालक संघका अनुसार बिहीबारबाट दैनिक ६४ उडान हुने छन् । बिहीबार बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने छन् । संघका प्रवक्ता योगराज कँडेलका अनुसार बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७ र सौर्य एयरले दैनिक ३ उडान गर्नेछन् ।

निषेधाज्ञा सुरु हुनु अघिको तुलनामा बिहिबारबाट हुने उडान ५० प्रतिशतले कमी हो । गत वैशाखसम्म दैनिक १३० आन्तरिक उडान हुँदै आएका थिए । 

वायुसेवा सञ्चालकहरुले आन्तरिक उडानको सबै तयारी पूरा भएको जनाएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved