थपियो अन्तराष्ट्रिय हवाइ उडानको संख्या, कुन देशमा कुन एयरलाइन्सले के बार उडान गर्नेछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 05:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय हवाइ उडानको संख्या थप भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सातामा ५३ उडान हुने गरी संख्या थपिएको जनाएको छ ।

यसअघि सातामा २४ उडान मात्रै हुँदै आएकोमा श्रमिकहरु जाने गन्तव्यमा उडान संख्या थप गर्न माग भए अनुसार नयाँ तालिका निकालिएको प्राधिकरणले जनाएको छ । 

नयाँ तालिका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा भने हप्तामा २ उडान मात्रै हुनेछन् । २ उडानमध्ये बुधबार उडान नेपाल एयरलाइन्सले र सोमबार एयर इण्डियाले उडान गर्नेछन् । 

दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार र फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार उडान गर्ने भएका छन् । 

दोहा कतारमा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक एक उडान गर्ने छन् भने हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार उडान गर्न पाउने भएको छ । 

साउदीको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । 

मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार उडान गर्दा हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार उडान गर्न पाउने गरी नयाँ तालिका आएको छ । 

टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार काठमाडौँ–इस्तानवुल उडान गर्नेछ । 

जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार जहाज उडाउनेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार उडान गर्ने गरि अनुमति पाएको छ ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबार जहाज उडाउँदा सिंगापुर एयर आइतबार काठमाडौं आउन पाउने भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved