२ वटै अन्तराष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 02:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

२ वटै अन्तराष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालनमा आउने भएका हुन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार २ वटै अन्तराष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भईसकेको छ । कोरोनाको प्रभाव कम हुँदै जाँदा आन्तरिक तथा बाह्य हवाई यात्रुको चाप बढेकाले २ वटै विमानस्थलहरुलाई पूर्ण क्षमतामा चलाउने निर्णय भएको महानिर्देशन अधिकारीले बताए ।  गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बिहीबारबाट सञ्चालनमा आइसकेको छ । 

रात्रिकालीन उडान हुने आन्तरिक विमानस्थल भने अब १८ घण्टा चल्नेछन् । बिहान ६ बजे खुल्ने विमानस्थलहरु राति १२ बजे बन्द हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved