विमानस्थलमा यात्रुलाई थपियो आर्थिक भार, पर्यटकले सेवाशुल्क नै ३ हजार तिर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 02:54:55 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न देशहरुले पर्यटकलाई सहुलित दिएर आफ्नो देशमा भ्रमणका लागि तानिरहेको बेला नेपालमा भने विमानस्थलमा थप आर्थिक भार पर्ने गरी शुल्क बढाईएको छ । विमानस्थल पर्यटकबाट लिईने सेवाशुल्क नै बढाईएको हो । 

विमानस्थल सेवाशुल्क नियमावली २०६७ को सट्टामा बनेको ‘विमानस्थल सेवाशुल्क नियमावली–२०७८’ स्वीकृत भएसँगै अब पर्यटकहरुले विमानस्थल सेवाशुल्क वापत प्रतिव्यक्ति ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । 

२०७७ चैत ३० गतेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको ‘विमानस्थल सेवाशुल्क नियमावली–२०७८’ जेठ १५ बाट लागू हुनेछ । 

यसअघि अन्तराष्ट्रिय यात्रु (सार्क राष्ट्रका लागि उडान गर्ने यात्रु) ले ७५० रुपैयाँ र अन्य यात्रुले १ हजार रुपैयाँ प्रतिव्यक्ति सेवाशुल्क तिर्नु पर्थ्यो । नयाँ नियमावलीसँगै अन्तराष्ट्रिय यात्रुलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ सेवाशुल्क लाग्ने भएको छ । 

आन्तरिकतर्फ प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ । 

नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७१/०७२ देखि धावनमार्ग परिर्वतन गर्न आर्थिक स्रोतको रुपमा अन्तराष्ट्रिय उडान गर्ने यात्रुसँग ५ वर्षका लागि भनेर विमानस्थल विकास शुल्क उठाउन थालेको थियो । तर, त्यो नियम अहिलेसम्म पनि नाम फेरेर कायम नै राखिएको हो । २०७१/०७२ मा अन्तराष्ट्रिय उडान गर्ने यात्रुसँग प्रतिव्यक्ति १ हजार शुल्क लिने गरिएको थियो । 

तर, याँ नियमावलीमा विमानस्थलको धावनमार्गका लागि भन्दै सुरु गरिएको विमानस्थल विकास शुल्क भने हटाइएको छ ।

पर्यटन व्यवसायीले भने कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र उकास्न ‘अफर र योजनाहरु’ ल्याउनुको सट्टा आर्थिक भार थपिने गरी आएको नियमाली लागू नगर्न माग गरेका छन् ।  

कुन विमानस्थलको सेवा शुल्क कति ?

विमानस्थल सेवाशुल्क नियमावली–२०७८ अनुसार पोखरा, गौतमबुद्ध (भैरहवा), लुक्ला, जोमसोम, नेपालगञ्ज, चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, सुर्खेत र धनगढी विमानस्थलबाट आन्तरिक यात्रा गर्ने यात्रुले यात्रुसेवा शुल्कवापत प्रतिव्यक्ति ४ सय रुपैयाँ तिर्नुपर्नेछ ।

मेघौली, सिमीकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामीडाँडा, रुम्जाटार, तुम्लिङटार, फाप्लु, रामेछाप (मन्थली), खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा, डोटी, बैतडी, रुकुम सल्ले, रुकुम चौरजहारी, बझाङ र साँफेबगर विमानस्थलबाट यात्रा गर्ने यात्रुले ३ सय रुपैयाँ तिर्नुपर्नेछ ।

अन्य विमानस्थलबाट यात्रा गर्नेले २ सय रुपैयाँ तिर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved