काठमाडौँ ल्याण्ड हुन नसकेका २ भारतीय जहाज गौतमबुद्ध विमानस्थल नगई किन लखनउ फर्किए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 10:46:05 AM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतबाट मंगलबार काठमाडौँ आएको जजिरा एयरवेजको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेन । काठमाडौँको मौसम खराब भएका कारण जे नाइन ५४१ को जहाज भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।

नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानमार्फत आएको जहाज डाइभर्ट भएर अवतरण भएको यो पहिलोपटक हो ।

भारतीय जहाज भने भैरहवा बसेनन्

तर, काठमाडौँमा अवतरण गर्न नसकेका २ भारतीय जहाज भने डाइभर्ट भएर भैरहवा नगई भारत नै फर्किए । जेठ २५ गते बुधबार नयाँ दिल्लीबाट काठमाडौँ आएका इन्डिगो र भिस्तारा एयरका जहाज काठमाडौँमा अवतरण गर्न नसकेपछि भैरहवा जानुको सट्टा भारतको लखनउमा गएर अवतरण भए ।

नेपालमा एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा अवतरण गर्न नसकेका जहाजहरु भारतको पटना र लखनउमा डाइभर्ट हुँदै आएका थिए । तर, नेपालमै अर्को अन्तराष्ट्रिय विमानस्थल अपरेशनमा आईसकेपछि पनि भारतीय जहाजहरु डाइभर्ट हुनुपर्दा भारतकै लअनउ र पटनामै फर्किएका छन् ।

जेठ २५ गते बुधबार काठमाडौँको मौसम सफा नभएको र डाइभर्टका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले इन्डिगो र भिस्ताराको जहाजलाई भैरहवा, पटना वा लखनउमा अवतरण गर्न सकिने विकल्प दिएको थियो । त्रिभुवन विमानस्थलले जहाजहरु सिमरा क्षेत्रमा हुँदै काठमाडौँको मौसम खराब भएको जानकारी गराएको थियो । 

यसअघिः
यसकारण बन्द हुन सक्छ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराको उडान

तर, २० मिनेटको उडानमा अवतरण हुन सक्ने भैरहवा विमानस्थल छोडेर दुबै कम्पनीका विमान १ घण्टा उडेर लखनउ पुगेर अवतरण भए । 

‘भैरहवालाई भारतले अन्तराष्ट्रिय एयरपोर्ट मान्दैन’

त्रिभुवन विमानस्थलले विकल्पका रुपमा अवतरण गर्न सकिने भनेर दिएको ३ विकल्पमध्ये सबैभन्दा नजिक थियो भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल । तर, भारतीय वायुसेवा कम्पनीका जहाज भैरहवामा अवतरण नभई लखनउ फर्केपछि नेपालको राजनीति र नागरिक उड्डयनको क्षेत्रमा भारतले भैरहवा विमानस्थल अस्वीकार गरिरहेको चर्चा चुलिएको छ ।

भारतले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल नमानेका कारण भारतीय वायुसेवा कम्पनीका विमान नजिकको विमानस्थल छोडेर लखनउ फर्किएको नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतले बताएको छ । 

भारतले रुट दिन अस्वीकार गरिरहेको र भारतको सहमति बिना भैरहवा विमानस्थलमा व्यवसायिक उडान सहज नहुने अवस्था छ । यसका लागि दुई देशबीचको कर्मचारी स्तरमा नभई राजनीतिक तहमै वार्ता आवश्यक रहेको क्यानका एक पूर्व महानिर्देशकको भनाई छ ।

यो पनिः
लुम्बिनी आएका मोदीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन प्रयोग गरेनन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन लुम्बिनी आउँदा पनि उनले भैरहवा विमानस्थल प्रयोग गरेनन् । भारतको राजधानी दिल्लीबाट उडेका मोदी भैरहवाबाट २ सय किलोमिटर टाढा पर्ने भारतको उत्तर प्रदेशस्थित कुसीनगर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आएका थिए । 

अर्कोतर्फ, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनेका कारण पनि मोदी सरकार यसप्रति सकारात्मक छैन । यसको पुष्टि जेठ २ गते स्वयम् मोदीले नै गरिदिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved