जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा एयरलाइन्स कम्पनीको विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 03:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलले पूराना जहाज खरिदको समय घटाउने घोषणा गरेपछि वायुसेवा सञ्चालकहरुले विरोध जनाएका छन् । मन्त्री आलेले संसदमा पुराना जहाज खरीद गर्ने समय घटाउने घोषणा गरेकोप्रति वायुसेवा कम्पनीहरुले विरोध जनाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई लाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति दिएको भन्दै यसलाई कार्यान्वयन नगराउन अनुरोध गरेका छन् । 

असार १ गते संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले प्रेसराइज जहाज १५ वर्ष र ननप्रेसराइज जहाज २० वर्ष पूरानो भएपछि किन्न पाइँदैन ।

क्या. थापाले लेखेको पत्रमा भनिएको छ, ‘विमानको उमेरसँग जहाज दुर्घटना कदापी दाँज्न मिल्दैन, हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्दा सबै छर्लङ्ग हुन्छ ।’ 

पत्रः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved