वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 08:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो 

बैठकले  अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।

यो पनि : कमिशन दिलाउन नसकेपछि आफैँले नियुक्ति गरेका हाकिमलाई मन्त्री आलेद्वारा कुटपिट

पछिल्लो समय पर्यटन मन्त्री प्रेम आले र  निगमका अध्यक्ष युवराज अधिकारीबीच टसल चलिरहेको थियो । मन्त्री आलेले अध्यक्ष युवराज अधिकारीलाई गालीगलौज तथा हातपात गरेको अडियो समेत सार्वजनिक भएको थियो ।  

गत मंसिर ८ गते सरकारले उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

यो पनि : ‘८० जना कार्यकर्तालाई भर्ती गर्न नमान्दा मन्त्रीले अध्यक्षमाथि हातपात गरे’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved