उड्न ठिक्क परेको बुद्ध एयरको जहाजको ढोका खुलेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 10:17:33 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखराबाट काठमाडौँका लागि उड्न तयार भएको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेको छ । बिहिबार बिहान ९ बजे पोखराबाट काठमाडौँका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको हो ।

इमर्जेन्सी ढोका नजिकै रहेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । 

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार उडान नम्बर ६५२ को जहाजको ढोका खुलेको कारणबारे अहिले बुझ्ने काम भइरहेको छ । उनले काठमाडौँबाट इञ्जिनियर पठाएर चेकजाँच गर्ने तयारी भइरहेको बताएका छन । 

‘हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन्, यात्रुलाई अर्को जहाजबाट काठमाडौँ ल्याउन लागिएको छ’ कर्णले भने ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved