दोस्रो पटक पुनर्कर्जाको लागि आबेदन खुल्यो, २४ क्षेत्रका ऋणीहरुलाई निबेदन दिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 02:48:50 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावितहरुको लागि दोस्रो पटक पुनर्कर्जाको लागि आबेदन खुला गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै पुष १७ अर्थात आजदेखि पुनर्कर्जाको लागि आबेदन खुला भएको जनाएको छ। 

कोभिड १९ बाट प्रभावित तथा मध्यम प्रभावितहरु मध्ये नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रहरुले मात्र पुनर्कर्जाको लागि आबेदन दिनलाई योग्य हुनेछन। राष्ट्र बैंकले तोकेका अति प्रभावित १० क्षेत्र र मध्यम प्रभावित १४ क्षेत्रकाले पुनर्कर्जाको लागि आबेदन दिन योग्य  ठहरिनेछन। 

इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिईरहेका बैंक, विकास बैंक वा फाइनान्स तथा वित्तीय संस्थाका शाखामा पुनर्कर्जाको लागि आबेदन दिनलाई राष्ट्र बैंकले आग्रह समेत गरेको छ। इच्छुक ग्राहक ऋणीहरुले माघ १६ गतेसम्म आबेदन दिन सक्नेछन। 

राष्ट्र बैंकले सम्बन्धित बैंक वित्तीय संस्थालाई एक मुष्ट रुपमा ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने छ भने संबन्धित बैंक वित्तीय संस्थाले पुनर्कर्जाको लागि योग्य ऋणीको ब्याज ५ प्रतिशत कायम गर्नुपर्नेहुन्छ। 

नेपाल राष्ट्र बैंकले यसअघि असोजमा पनि कोरोना प्रभावितहरुको लागि पुनर्कर्जाको लागि आबेदन खुला गरेको थियो। तर त्यो बेला राष्ट्र बैंकले राखेको लक्ष्य  भन्दा कम आबेदन परेकाले अहिले दोस्रो पटक पुनर्कर्जाको लागि आबेदन खुला गरेको हो। 

यसअघि ७९ अर्बको लागि आबेदन परेको थियो, जसमा राष्ट्र बैंकले ५० अर्ब ७ करोड रुपैयाँ पुनर्कर्जा बापतको रकम उपलब्ध गराएको थियो। करीब सवा खर्ब अर्थात १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको माग आउने राष्ट्र बैंकको अपेक्षा थियो।  

अहिले खुला गरिएको पुनर्कर्जाको लागि राष्ट्र बैंकले झन्डै ९८ अर्ब ५० करोडको लक्ष्य राखेको छ। पुनर्कर्जाको लागि योग्य ऋणीहरुलाई आबेदन दिनलाई प्रोत्साहन गर्नलाई र उनीहरुलाई आबेदन भर्न सघाउनलाई राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई पटक पटक सम्झाउने काम गर्दै आएको छ। 

कोरोनाबाट प्रभावित तथा अति प्रभावितहरुले यसअघि लिईसकेका ऋणको ब्याजमा राहत होस् भन्ने उदेश्यले राष्ट्र बैंकले पुनर्कर्जाको यो स्किम ल्याएको हो। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा लगायतका नेपाल सरकारले ल्याएका अन्य कार्यक्रमलाई साथ दिए नदिएको र त्यहि अनुसार बैंकको  मुल्यांकन गर्ने चेतावनी समेत दिएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved