संचय कोषका तुलसी गौतमको बर्खास्तीले नेपाल इन्भेष्टमेन्ट र हिमालयनको मर्जर अन्यौलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 09:08:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी संचय कोषको प्रशासकबाट तुलसी गौतमको बर्खास्तीले नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको मर्जरमा अन्यौलता बढेको छ। यी दुवै बैक मर्जरमा जाँदा आफ्नो गरिमा बढ्ने देखेका गौतमको बर्खास्तीले मर्जर नहोस् भन्ने पक्ष बलियो बन्ने भएकाले मर्जर हुने सम्भावना घटेको स्रोतले जनाएको छ। 

अहिलेकै अवस्थामा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको मर्जर हुँदा आफ्नो सेयर स्वामित्व कम हुने र त्यसले अहिलेको स्ट्याटसमा नोक्सानी हुने निष्कर्षमा पुगेको श्रेष्ठ समुहले गौतमको बर्खास्तीलाई अवसरको रुपमा लिने भएकाले मर्जरको सम्भावना घटेको स्रोतको दाबी छ।  बैंकका पुराना अध्यक्ष मनोज बहादुर श्रेष्ठ  र हाल संचालक समितिका सदस्य समेत रहेका उनका भाई प्रचण्डबहादुर श्रेष्ठको हिमालयन बैंकमा हिस्सा झन्डै २० प्रतिशत प्लस सेयर रहेको छ।

बैंक अफ काठमान्डू कै अवस्था हुन सक्ने निष्कर्ष निकाल्दै श्रेष्ठ समुह हिमालयन बैंकको अस्तित्व कायम गरेर अगाडी बढ्नुपर्ने पक्षमा उभिएको स्रोतको भनाइ छ। 

यस अघि: 

असन्तुष्ट समूह हाबी हुँदा हिमालयन र इन्भेष्टमेन्टको मर्जर अझै अन्यौलमा

वर्चश्व गुम्ने डरले बिग मर्जरबाट पछि हट्यो नेपाल इन्भेष्टमेन्ट बैंक

तत्कालिन बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज भए पश्चात सुरुवाती अवस्थामा बैंकको नाम बैंक अफ काठमान्डू लुम्बिनी राखिएको थियो। पछि बैंकको नाम लामो र नमिलेको भन्दै लुम्बिनी हटाएर बैंक अफ काठमान्डू  राखिएको हो। यति मात्र नभई बैंकका पुर्व सीईओ अजय सीईओको पक्राउ प्रकरण बैंक अफ काठमान्डू र लुम्बिनी बैंकबीच मर्जर हुँदाको असन्तुष्ट पाटोबाट उब्जिएको घटनाको रुपमा व्याख्या गरिदै आएको छ।  

मर्जर पश्चात पनि आफ्नै परिवारको सेयर हिस्सा र दबदबा कायम रहने निष्कर्ष सहित मर्जरलाई सफल बनाउँन लागि परेको राणा र पाण्डे समुहलाई बर्खास्तीमा परेका गौतमको पनि साथ रहेको थियो। तर गौतमको बर्खास्तीसंगै अब यो साथ पनि टुटेको छ। 

दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। जिम्मेवारीको हिसाबले मात्र नभई सेयर स्वामित्वमा पनि पाण्डे र राणाको परिवारको दबदबा रहेको छ।

हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवारको लगानी रहेको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ। छायाँ इन्टरनेशनलमा पनि शशिकान्त अग्रवाल, मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको  सेयर रहेको छ। 

त्यस्तै हिमालयन बैंकको ५१ प्रतिशत  सेयर मध्ये १२.७१ प्रतिशत सेयर रहेको एन ट्रेडिङमा मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको लगानी छ। त्यस्तै हिमालयन बैंकमा सबैभन्दा बढी हबिब बैंकको २० प्रतिशत सेयर रहेको छ भने त्यसपश्चात कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ।

यी दुवै बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता भएको हो। सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका थिए। दुवै बैंक १-१ को स्वापमा मर्जमा जाने भएका हुन् । 

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने सहमति भएको छ भने हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सीईओ हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन्। मर्जर सफल भयो भने मर्जर पछि बन्ने बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने छ भने नेपालको सबैभन्दा ठुलो बैंक बन्ने छ। 

सर्वोच्चमा रिट दायर

त्यसो त बर्खास्तीमा परेका कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमले सरकारको निर्णय बिरुद्द सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सञ्चयकोष सञ्चालक समितिलाई विपक्षी बनाएर रिट दाए गरेका हुन्।

रिटमा उनले सरकारले आफुलाई ५ वर्षको लागि नियुक्त गरेकोले ५ वर्ष नपुगी बर्खास्त गर्न नमिल्ने जिकिर गरेका छन् । सरकारले २०७५ वैशाख चार गते   पाँच वर्षका लागि आफुलाई कोषको प्रशासक नियुक्त गरेको र सो अवधि भर आफुले काम गर्न पाउनु पर्ने जिकिर उनले रिटमा गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved