के एनबि बैंकमा कर्मचारीको आन्दोलन तुहिएको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 10:21:59 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी समायोजनको प्रकृयामा असन्तुष्टि जनाउदै नेपाल बंगलादेश बैंकका कर्मचारीले थालेको आन्दोलनमा सुस्तता देखिएको छ। वार्ता र छलफल जारी रहेकाले आन्दोलनको कार्यक्रममा सुस्तता देखिएको 'नेपाल बंगलादेश बैंक कर्मचारी लिमिटेड संघ' ले जनाएको छ। 

नेपाल बंगलादेश बैंकको कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष योगेश श्रेष्ठले आफुहरु व्यवस्थापनसँग वार्ता र छलफलमा रहेकाले आन्दोलनको कार्यक्रममा सुस्तता देखिएको बताए। 

"अहिले बिभिन्न चरणमा वार्ता र छलफल जारी छन्, बैंक व्यवस्थापनले पनि हाम्रा मागहरु सम्बोधन गर्ने आश्वासन दिएको छ, छलफलबाटै समाधान खोज्ने उदेश्यले अहिले आन्दोलनमा सुस्तता देखिएको हो, तर आन्दोलन नै स्थगित भएको होइन।' कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए। 

श्रेष्ठकै भनाईलाई साथ दिंदै कर्मचारी युनियनका कोषाध्यक्ष अमर महतले पनि आफुहरु अहिले वार्ताको क्रममा रहेकाले आन्दोलनको कार्यक्रमलाई यथावत राखेको बिजपाटीसँगको कुराकानीमा बताएका छन्। 

युनियनका नेताहरु डराएको आरोप 

कर्मचारी युनियनका नेताहरुले आफुहरु वार्तामा रहेकाले आन्दोलनलाई यथावत राखेको बताएपनि कर्मचारी युनियनमा आबद्द कर्मचारीहरुले भने उनीहरु डराएको आरोप लगाएका छन्। 

बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगानाले कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष योगेश श्रेष्ठलाई एउटा बेकरी क्याफेमा डाकेर आन्दोलन रोक्नलाई दबाब दिएपछि आन्दोलन सुस्ताएको त्यहाँका कर्मचारीहरुको आरोप छ।

आइतबारदेखि मंगलबारसम्म बिभिन्न कार्यक्रम गरेर आन्दोलन गर्ने कार्यतालिका पनि ज्ञानेन्द्र ढुंगानाको हप्काईपछि प्रभावित भएको कर्मचारी युनियनमा आबद्द कर्मचारीहरुको भनाई छ। 

'कर्मचारी युनियनका अध्यक्ष लगायतका पदाधिकारीहरु सरुवा हुने र आफुले लिंदै आएको लाभ खोसिने डरले अहिले व्यवस्थापनसँग मिल्न पुगेकाले आन्दोलन स्थगित जस्तै भएको हो, यस्तै शैलीले युनियनका नेताहरु पछाडी हट्ने हो भने एनबी बैंकका कर्मचारीको मात्र होइन, अन्य बैंकका कर्मचारीहरु पनि हतोत्साहित हुने निश्चित छ' लामो समयदेखि एनबि बैंकमा कार्यरत एक कर्मचारीले बिजपाटीलाई बताए। 

भएको के हो ?

नबिल बैंकले प्राप्ति गर्ने प्रक्रियामा रहेको नेपाल बंगलादेश बैकको कर्मचारीहरुलाई कर्मचारी समायोजनको क्रममा एक वा दुई पद घटुवा गर्ने प्रस्ताव अगाडी बढेपछि कर्मचारी आन्दोलित भएका हुन्। 

सकेसम्म सबै पदमा दुई तहसम्म घटुवा गरेर कर्मचारी समायोजन गर्ने र असन्तुष्टि बढेको अवस्थामा सहायक माथिको पदमा मात्रै एक तह घटुवा गर्ने मर्जर कमिटिको रणनीति रहेको छ। यहि योजना थाहा पाए पश्चात एनबि बैंकको कर्मचारी युनियनले बिभिन्न ५ वटा मागहरु अगाडी सारेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। 

कर्मचारी समायोजन समान पद र हैसियत कायम गर्नुपर्ने, आकर्षक स्वेच्छिक अवकाश योजना लागू गर्नुपर्ने, कर्मचारीको सेवा शर्त सुविधा मर्जर पश्चात समान कायम गर्नुपर्ने, सहयोगी तहका कर्मचारीहरुको रोजगारीको सुनिस्चतता हुनुपर्ने लगायतका मागहरु राखेर कर्मचारी युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। 

यस अघि :
सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी
- एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै
आजदेखि नेपाल बंगलादेश बैंकका कर्मचारी आन्दोलनमा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved