सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 10:49:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकको उच्च व्यवस्थापन र कर्मचारीविचको छलफल निष्कर्षबीना नै टुंगिएको छ। बैंकका उच्च व्यवस्थापन र संचालकले उचित विकल्प दिन नसकेपछि छलफल निष्कर्षबीना नै टुंगिएको हो।

बैंकका बहालवाला निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना र बैंकका संचालक इन्द्र बहादुर थापा तथा बैंकका कर्मचारीबीचको छलफल बीना कुनै निष्कर्ष सकिएको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार बैंकका संचालक थापाले सहायक तथा त्यस भन्दा तलको पदमा रहेको कर्मचारीको घटुवा नहुने प्रतिबद्दता जनाएका थिए। त्यस्तै  बैंकका तत्कालिन सीईओ ढुंगानाले कर्मचारीहरुको पद एक तह वा दुई तहले घटेपनि खाईपाई आएको सुविधा तथा तलबमा कटौती नहुने र नबिलले प्राप्ति गरेको ६ महिनाभित्र काम हेरेर स्तरोन्नति हुने आश्वासन दिएका थिए।

वेविनार मार्फत भएको छलफलमा तत्कालिन सीईओ ढुंगानाले २७ औं नम्बरमा रहेको नेपाल बंगलादेश बैंक र एक नम्बरको बैंक नबिल बैंकबीच प्राप्ति सम्झौता हुन लागेकाले दुई तहसम्मको पद घटुवा सामान्य भएको धारणा व्यक्त गरेको स्रोतले जनाएको छ।  

तर कर्मचारी युनियनका नेताहरुले भने बैंक २७ औं नम्बरमा आइपुग्नुको कारण पनि स्वयम् ढुंगानानै भएको भन्दै ढुंगानाको धारणाबिरुद्द चर्को आलोचना गरेका थिए।  

संचालक थापा र तत्कालिन सीईओ ढुङ्गानाको प्रस्तावले कर्मचारीहरु भने विश्वस्त हुन नसकेको स्रोतको भनाई छ। प्राप्ति अगाडी दुई तहसम्म घटाउने र ६ महिनाको काम हेरेर फेरी स्तरोन्नति गर्ने प्रस्ताव कर्मचारीहरुलाई 'भुलाउने' खेल मात्र भएको भन्दै एनबि बैंकका कर्मचारीहरुले आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यद्दपी कर्मचारी युनियनले शनिबार बिभिन्न तहमा उच्च व्यवस्थापन तथा कर्मचारीहरुसंग पनि अनौपचारिक छलफल गरेकाले आइतबारदेखि नै आन्दोलन हुने नहुने पक्का भईसकेको छैन। 

आइतबारदेखि आन्दोलनमा उत्रिने तयारीमा रहँदै गर्दा नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई आइतबारदेखि नै भीआरएस को प्रस्ताव गरिने भएको छ। अधिकांश कर्मचारीलाई भीआरएस लिन बाध्य पारिएको स्रोतको दाबि छ।

यता निमित्त सीईओ पाण्डेले भने प्राप्तिको क्रममा असन्तुष्टि देखिनु सामान्य बिषय भएपनि सबैलाई मिलाएर अगाडी बढ्ने प्रयास भईरहेको बिजपाटीलाई बताएका छन्। 

"कर्मचारी समायोजनको प्रक्रियामा घटुवा बढुवा हुने कुरा सामान्य हो, यहि बिषयलाई लिएर असन्तुष्टि आउनु पनि सामान्य हो" पाण्डेले भने, "तर कर्मचारीहरुलाई दुख दिएर प्राप्ति प्रक्रियामा जानु हुन्न भन्ने सबैको साझा धारणा रहेको छ, हामि मिलाएर नै अघि बढ्छौं, बाहिर भनीए जस्तो कर्मचारीहरु आन्दोलित छैनन्।"

नेपाल बंगलादेश बैंकका करिब एक हजार कर्मचारी रहेका छन्। जसमध्ये अधिकांश कर्मचारीहरु महिला कर्मचारी रहेका छन् भने अधिकांश महिला कर्मचारीहरुको कार्यअवधि अझैं १०-१५ बर्ष बाँकी रहेको अवस्था छ। 

अहिलेकै अवस्थामा बढीमा १५ महिना बराबरको आधारभुत तलब दिएर कर्मचारी पठाउने प्रस्तावपनि कर्मचारीहरुका लागि घातक हुने भएकाले धेरै कर्मचारी यो विकल्पमा नजाने बताइएको छ।  

त्यसो त बहालवाला सीईओं पाण्डे भन्दा पनि तत्कालिन सीईओ ढुंगानाले अधिकांश कर्मचारीलाई भीआरएस लिएर बैंकबाट विदा हुनलाई दबाब दिइरहेको बैंक स्रोतको भनाई छ। नबिल बैंकमा सीईओ बन्न पाउने आशमा ढुंगानाले जतिसक्दो बढी नेपाल बंगलादेश बैंकका कर्मचारीलाई 'दबाएर' अगाडी बढ्ने रणनीतिमा रहेको त्यहाँका कर्मचारीको आरोप छ।

यस अघि:
एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved