सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निशाक्षणको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको हो ।
सम्झौतामा एन आई सी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सुर्या लाइफले १०ः ७ को अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो ।