ग्रीन डेभलपमेन्ट बैंक Green Development Bank Limited ले एकै दिन चार नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले शुक्रबार पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा शाखा विस्तार गरेको हो ।
बाग्लुङ्गमा केन्द्रिय कार्यालय रहेको क्षेत्रियस्तरको यस बैंकको शाखा संख्या ८ पुगेको छ । बैंङ्गको प्रधान कार्यालय एवं बेनी शाखाबाट सुन चाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरुमा समेत यो सुविधा विस्तार गर्दै लग्ने योजना रहेको बैंकले बताएको छ ।