जनता बैंक Janata Bank Nepal Limited को जनता रेमिटमार्फत बेलायतबाट पठाएको पैसा निकाल्न सकिने भएको छ । बराक साजन एक्स्चेन्ज लिमिटेड, बेलायतसँग संझौता गरी रेमिट्यान्स सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
बराक साजन एक्स्चेन्ज ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्धभएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो । बराक साजन एक्स्चेन्जले पहिलो पटक नेपालमा सेवा दिन लागेको हो । सम्झौता भएपछि बेलायमा रहेका नेपालीहरुले जनता रेमिटमार्फत नेपालमा पैसा पठाउन सक्ने भएका हुन् ।
उक्त रेमिट सेवाबाट पठाइएको रकम जनता बैंकको १२९ शाखाबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ । योसँगै सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिने छ । जनता बैंकले शाआ बाहेक ५० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सनकाउन्टर र ८२ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।