प्रभु बैंक Prabhu Bank Limited ले ताप्लेजुङको फुङ्गलिङ्ग नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उक्त शाखाको उद्घाटन गरे ।
बैंकको शाखा उद्घाटन गर्दै नगर प्रमुख प्याकुरेलले बैंकले स्थानीय तहमा शाखा विस्तार गरी बैंकिङ पहुँचभन्दा टाढा रहेका नागरकलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।