प्रभु बैंक Prabhu Bank Limited ले झापाको चन्द्रगढी नगरपालिका ७ र मोरङ्गको उर्लाबारी नगरपालिका ७ मा एकैसाथ शाखा सञ्चालनमा ल्याएको छ । चन्द्रगढी शाखाको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उर्लाबारी शाखाको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे ।
आजदेखि सञ्चालनमा आएका यी दुवै शाखाबाट बैंकले व्यवसायीक कारोबार पनि सुरु गरिसकेको छ ।