कर्पोरेट डेभलपमेन्ट बैंकले समस्याग्रस्त वित्तीय संस्थाबाट मुक्त भएको करीब डेढ वर्ष पछी मर्जरमा जाने विशेष प्रस्ताव सहीत साधारणसभा बोलाएको छ । बैंकले मर्जरमा जानको लागि सम्पती, दायित्व र कारोबारको अवस्थामा मुल्याङका गर्नको लागि डिडिए गर्ने र मर्जर तथा एक्वीजिसनको लागि सञ्चालक समितिलाई अख्तीयारी प्रदान गर्ने विषेश प्रस्ताव सहित साधारणसभा बोलाएको हो ।
२०७४ पुष ४ गते नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । बैंक समस्याग्रस्तको सुचिमै रहेको अवस्थामा नयाँ लगानीकर्ताले स्वामीत्व ग्रहण गरेँगै बैंकलाई सुधार गर्दै लैजाने र लगानी पनि थप गर्ने प्रतिवद्धता सँगै राष्ट्र बैंकले २०७४ माघ १८ गते समस्याग्रस्तबाट फुकुवा गरेको थियो ।
बैंकले एक सुचना प्रकाशित गर्दै असार २७ गते बैंकको शाखा कार्यलय घण्टाघर विरगंजमा साधारणसभ गर्ने जनाएको छ ।