मर्जरको प्रस्ताव बोकेर सानिमा सहित ४ बैंक पुगे राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 01:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा सहित ४ बाणिज्य बैंक मर्जरको प्रतिवद्धता लिएर राष्ट्र बैंक पुगेका छन। राष्ट्र बैंकले दिएको एक हप्ते समयसीमा सकिन एक दिन बाँकि रहंदा सानिमा सहित ४ बाणिज्य बैंक मर्जरको प्रस्ताव बोकेर कार्यबहाक गभर्नर चिन्तामणि शिवाकोटीलाई भेट्न पुगेका हुन् 

सानिमा सहित यी ३ बैंक कुन संग कसरी जाने वा अब कसरी अगाडी बढ्ने भन्ने प्रस्ताव लिएर राष्ट्र बैंक पुगेको बताईएको छ  ।  

दोस्रो बजारमा बैंकको शेयर मूल्यमा प्रभाव पर्न सक्ने भएकोले सानिमा सहित कुन कुन बैंक मर्जरको प्रस्ताव बोकेर राष्ट्र बैंक पुगेको खुलाउन नहुने स्रोतको भनाई छ  । 

त्यस्तै एनसीसी बैंकले पनि मर्जर कै बिषयमा छलफल गर्न ४ सदस्यीय मर्जर कमिटि गठन गरेको छ ।  कमिटिले आज बुधबार प्रभावशाली संस्थापक शेयरधनीसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ । मेगा र ग्लोबल आईएमई बैंकबीच पनि मर्जरको लागि प्रारम्भिक छलफल भईरहेको छ ।  अन्य बैंकहरुले पनि मर्जरको छलफललाई तीव्रता दिएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved